२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनबारे काँग्रेसद्वारा आन्तरिक छलफल  सुरु

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधनसम्बन्धी सुझाव संकलन र प्रारम्भिक अध्ययनका लागि गठन गरेको कार्यदलले मंगलबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ ।

उपसभापति पुष्पा भुसालको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको थियो, जसको पहिलो बैठक बसेर कार्य प्रारम्भ गरिएको हो । बैठकमा पार्टी सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल तथा सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरीको सहभागिता रहेको थियो ।

बैठकमा सभापति थापाले संविधान संशोधनको औचित्य, यसको दायरा तथा समितिको जिम्मेवारीबारे धारणा प्रस्तुत गरेका थिए । उनका अनुसार संविधान जारी भएको एक दशक नाघिसकेको र कार्यान्वयनका क्रममा देखिएका अनुभवका आधारमा केही प्रावधान परिमार्जन आवश्यक भएको निष्कर्ष निकालिएको छ ।

थापाले लोकतान्त्रिक प्रणाली सुदृढीकरण, नागरिक अधिकार संरक्षण, राष्ट्रिय हित र समृद्धिलाई केन्द्रमा राखेर छलफल अघि बढाउन समितिलाई आग्रह गरेका थिए ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बैठकमा संविधानका प्रावधानहरूको विस्तृत अध्ययन गर्दै संशोधनका लागि प्रारम्भिक मस्यौदा तयार पार्ने र विज्ञ, सरोकारवाला तथा सर्वसाधारणसँग छलफल गर्ने कार्ययोजना प्रस्तुत गरिएको छ ।

यसैबीच, सरकार पक्षबाट शुक्रबारभित्र काँग्रेसले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न प्रतिनिधिको नाम पठाउन आग्रह गरिएको जानकारी पनि बैठकमा दिइएको थियो ।

कार्यदलमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया बिक र निरज गुप्ता सदस्य रहेका छन् ।

0 Comments