२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा इ-पेन्सन सेवा सुरु

अ+ अ-

दमौली(तनहुँ) । संघीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ-पेन्सन सेवा तनहुँबाट कार्यान्वयनमा आएको छ । 

जिल्लामा सुरु गरिएको सेवाअन्तर्गत भानु नगरपालिकाबाट निवृत्त शिक्षा अधिकारी ध्रुवराज पौडेल पहिलो सेवाग्राही बनेका छन् । 

निवृत्तीभरण अधिकारपत्र प्राप्त गर्दै पहिलो सेवाग्राही बन्न पाउँदा गोरवान्वित महसुस गरेको पौडेलले प्रतिक्रिया दिए। उनका अनुसार अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत अधिकारपत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था भएको छ । 

यसले समय, श्रम र खर्च बचत हुनुका साथै सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई थप सहज बनाएको उनले बताए । 

कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँ (कोलेनिका) का प्रमुख अशोकराज खनालले इ-पेन्सन सेवा सेवाग्राहीमैत्री र पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएको बताए। उनले भने, “डिजिटल माध्यमबाट पेन्सनसम्बन्धी सेवा प्रवाह गर्दा सेवाग्राहीले छिटो, सहज र झन्झटमुक्त सेवा पाउनेछन् । यसले सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ ।”

0 Comments