२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

अ+ अ-

मुस्ताङ । कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मुक्ति क्षेत्र–४ कागबेनी श्राद्ध स्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्षीय विमला गौलीसहित १२ जनाको टोली आज कागबेनीमा श्राद्ध गर्न पुगेको थियो । उक्त स्थानमा दिवंगत पितृको नाममा श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण गौली अचानक नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।  

हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी कागबेनीबाट चार जना, जिल्ला प्रहरी कार्यालयबाट पाँच जना र सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म हेडक्वाटर जोमसोमबाट ११ जनाको टोलीले खोजी सुरु गरेको थियो ।

त्यस क्रममा श्राद्ध स्थलदेखि एक किलोमिटर दक्षिण कालीगण्डकी नदी किनारामा बालक अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।

निजलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका उनले बताए ।

0 Comments