२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भत्किएको बस्ती, अन्योलमा भविष्य: पुनर्वासको प्रतीक्षामा मनोहरा किनार

अ+ अ-

बस्ती भत्काएपछि खोलाले त बगर पाउला, तर के ती वास्तविक सुकुम्बासीले जग्गा पाउलान् ?

काठमाडौँ । समयक्रमसँगै कुनैबेला वरपर बस्ती सम्मै उर्लने मनोहरा खोला यतिबेला सुस्ताइरहेको छ । खोला उर्लँदा रातदिन सुत्न नसक्ने मनोहरा छेउछाउका स्थानीयको मन भने अहिले खोला उर्लेझै उर्लिरहेको छ । राज्यले नै उठिबास लगाइदिएपछि मन दौडाउन बाहेक उनीहरूसँग विकल्प छैन । वर्षौँ समय बिताएको बस्तीमा सिन्का सिन्का जोडेर पसिनाको कमाइले बनाएको घर भत्किँदा यतिबेला स्थानीयका मनमा अमिलो पसेको छ ।

सिन्धुपाल्चोक घर भएका गणेश श्रेष्ठ आफ्नो भाइ भेट्न काठमाडौँ आएकै बेला बस्तीमा डोजर चल्यो । सामान ओसारपसारमा व्यस्त उनी भन्छन्, “भाइले दुःखसुख गरेर कमाएर बसेको थियो, बस्ने बाटो रहेन अब, उतै गाउँ जान्छ ।”

गणेशले भनेजस्तै कोहीको पुर्खौली सम्पत्ति भएको गाउँमा फर्किएलान् । कोहीलाई भने उपयुक्त घरबासको अति नै आवश्यकता छ । बस्तीकै गुम्बा अगाडिको सडकमा सवारी साधन थिएनन् । त्यहाँ स्थानीयका सरसामान लस्करै लाइन बनाएर राखिएको थियो । ती सामानहरू कतै पाल ओढाएर राखिएका थिए त कतै खुला छाडिएका थिए । युवाहरू विशाल तामाङ, राजन मगर, सलाम राई र शंकर राई गफिँदै थिए । उनीहरू एकअर्काका छिमेकी रहेछन् । यसबारे बुझ्न खोज्दा उनीहरूको मुहारमा सरकारमा युवा प्रतिनिधिप्रतिको आशा एकातिर र आफ्नो घर भत्किँदाको चिन्ता अर्कोतिर देखिन्थ्यो । अन्तिम अवस्थामा स्वीकार्नुको विकल्प छैन भन्ने तर्फ उनीहरू सचेत देखिन्थे ।

विशालले भने, “एकदिन हामी यहाँबाट निस्किनै पर्ने थियो, ढिलोचाँडो निस्कियौँ, हेरौँ अब के हुन्छ ।” सँगै रहेका राजन मगर भन्छन्, “गितार बजाउँदै भए पनि खाइन्छ, लालपुर्जा नभएसि आफ्नो थिएन र त भत्कायो, केही दुःख लागेको छैन ।” विशालको घरको छानामा लगाएको जस्ता बुवाले १२ हजारमा बेचिदिएछन् । उनीहरू डोजरको भत्काउन आउने पालो कुरिरहेका देखिन्थे । एकदिन भए पनि यही सुत्न पाए हुन्थ्यो भन्नेमा उनीहरूको मनसायबारे विशाल भन्छन्, “बेलुकासम्म भत्काएन भने साँझ यही सुत्छौँ, नभए होटेलमा गएर सुत्छौँ ।”

त्यतिकै छेवैमा रमेश दाइ भनिने स्थानीय एक्कासी बेहोस भएर ढले । विशाल र उनका साथीहरू सहयोग गर्न दौडिए । रमेशलाई उनको घरमा डोजर चल्दा अचानक रिँगाटा लागेर बेहोस भएका थिए । भक्तपुर प्रहरी परिसरका अनुसार तत्काल उनलाई प्रहरीले उपचारका लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । अहिले उनको अवस्था सामान्य भइसकेको छ ।

डोजर चलिरहेको छेउबाटै हेरिरहेका तीनजना महिला छिमेकीहरू एकअर्कालाई हेर्दै आँखाले कुरा गरिरहेका थिए । सायद उनीहरूका ओठमा शब्दहरू भक्कानिरहेका थिए, तर बोल्न सकिरहेका थिएनन् । एक्कासी शनिबार साँझ बत्ती काटेपछि बल्ल थाहा पाइयो, सामान समेत सार्न पाइएन भन्ने उनीहरूको गुनासो थियो ।

नाम परिवर्तन (सिता) ले उनलाई अप्ठ्यारो मान्दै भनिन्, “एक महिना त त्यहाँ राख्लान्, त्यसपछि कहाँ ? जाने केही अत्तोपत्तो छैन ।”
“खाइनखाई, सिन्का सिन्का जोडेर बनाएको घर भत्काइदिए,” उनी गुनासो गर्छिन् । “भएको त भत्कायो, अब के आश गर्ने ?” उनले प्रश्न गरिन् ।

काठमाडौँ उपत्यकाभित्र सार्वजनिक जग्गा तथा नदी किनार क्षेत्रमा बनेका अतिक्रमित बस्ती हटाउने अभियान निरन्तर अघि बढाइएको छ । काठमाडौँ महानगर प्रहरी बलका अनुसार हालसम्म तीन वटा क्षेत्रमा कुल ७ सय ८१ घरटहरा हटाइएको छ । महानगर प्रहरी बलका अनुसार वडा नं. ११ अन्तर्गत थापाथलीस्थित वाग्मती नदी किनार क्षेत्रमा १ सय ४३, वडा नं. ९ को गैरीगाउँ–सिनामंगल क्षेत्रमा १ सय ६२ तथा वडा नं. ३१ को शान्तिनगर क्षेत्रमा ४ सय ७६ संरचना हटाइएको हो ।

सरकारी निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनभर प्रभावित परिवारलाई सुरक्षित रूपमा स्थानान्तरण तथा सरसामान व्यवस्थापनमा सहयोग गरेको थियो । त्यसपछि मात्र आवश्यक उपकरण प्रयोग गरी संरचना हटाउने कार्य अघि बढाइएको जनाइएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको विवरणअनुसार अब थप ९० वटा घरटहरा हटाउन बाँकी रहेका छन् । जसअन्तर्गत गोठाटार क्षेत्रमा ७७ र मनोहरा टोलमा १३ वटा संरचना हटाउनुपर्ने सूचीमा छन् ।

सरकारले सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनार क्षेत्र व्यवस्थापन, सहरी सौन्दर्यीकरण तथा वातावरणीय सन्तुलनलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरिरहेको जनाएको छ । दीर्घकालीन सहरी व्यवस्थापनको लक्ष्यसहित यस्तो कदम चालिएको बताइएको छ । उता, बस्ती हटाइएका परिवारको पुनर्स्थापना, वैकल्पिक बसोबास तथा सामाजिक व्यवस्थापनका विषयमा विभिन्न पक्षबाट चासो व्यक्त हुन थालेको छ । सरोकारवाला निकायहरूले प्रभावित नागरिकका लागि योजनाबद्ध पुनर्वास व्यवस्था आवश्यक रहेको औँल्याएका छन् ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पानी परेका कारण साँझदेखि नै भत्काउने कार्य रोकिएको छ । भोलि फेरि आवश्यक सूचना र जानकारीपछि मात्रै कहाँ, कसरी प्रहरी परिचालन गर्ने भन्नेबारे टुंगो हुने उनले बताएका छन् ।

भोलि बिहान ६ बजेदेखि सुरु गर्ने गरी काम रोकिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले जानकारी दिइन् । प्राधिकरणले प्रारम्भिक स्क्रिनिङ गरेर खान–बस्न नै समस्या भएको परिवारलाई अस्थायी आवासको व्यवस्था गरेको उनले बताइन् ।

प्राधिकरणका अनुसार राति ११ बजेसम्म ६२० परिवारको स्क्रिनिङ गरिएको र आवश्यकता अनुसार अस्थायी बसोबासका लागि प्रबन्ध गरिएको प्राधिकरणले जनाएको छ ।

कडा सुरक्षा व्यवस्थाअन्तर्गत दिनभरि बस्ती भत्काउने क्रम जारी रह्यो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगरीय प्रहरीका कर्मचारीहरू उल्लेखनीय संख्यामा उपस्थित थिए, जसले गर्दा स्थिति नियन्त्रणमा रह्यो । त्यहाँ खटिएका सुरक्षा निकायहरूले स्थानीयहरूको सामान सार्न, बिरामीलाई निकाल्न र अन्य व्यवस्थापनमा महत्वपूर्ण भूमिका निभाइरहेका थिए । शनिबार केही स्थानीयहरूले विरोध प्रदर्शन र झडप सिर्जना गरेपछि सुरक्षाकर्मी घाइते भएका थिए । त्यसपछि सुरक्षा निकाय थप सचेतपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको थियो ।

उपत्यका विकास प्राधिकरणले सुकुम्बासीहरूलाई दशरथ रंगशालामा आपत्कालीन उद्धार र त्यसपछि उचित स्थानमा अस्थायी बसोबासका लागि स्थानान्तरण गरिरहेको छ । कतिपय स्थानीयहरूले समयमै सूचना नपाउँदा सामग्री बाटोमै थन्काउनु परेको गुनासो गरेका थिए । केहीले सामान निकाल्न नपाएर संरचनासँगै पुरिएको बताएका छन् । अघि–अघि स्थानीय सरसामान निकाल्दै थिए भने पछि–पछि डोजर चलिरहेको थियो । कोही सामान ओसारपसारमा व्यस्त देखिन्थे, त कोही रनभुल्लमा परेर टोलाउँदै बसेका देखिन्थे ।

सुकुम्बासीका स्थानीय बुढाबुढीमा आक्रोश, युवाहरूमा अलिकति आशा, अलिकति मौनता र वयस्कहरूमा थप जिम्मेवारीको बोध भइरहेको देखिन्थ्यो । उनीहरूको अन्योलतालाई चिर्दै बालेन सरकारले आशा, भरोसा र जिम्मेवार बनाउँदै उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

0 Comments