२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण 

अ+ अ-

गलकोट (बागलुङ) । आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड)वितरण गर्न थालेको छ ।  उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालेको हो । 

गलकोट नगरपालिकाका सूचना अधिकारी राजु शाहनीले आन्तरिक राजस्व कार्यालयबाट दिँदै आएको प्यान कार्ड अब नगरपालिकाबाटै वितरण गर्न थालिएको जानकारी दिए ।

 उनका अनुसार व्यक्तिगत प्यान कार्डका लागि अनलाइनमार्फत फाराम भरी ‘सबमिसन नम्बर’का आधारमा प्यान लिन सक्नेछन् । यसैगरी, व्यावसायिक कार्डका लागि व्यवसाय दर्ता प्रमाणपत्र, सञ्चालकको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी पुर्जा, भाडा सम्झौता तथा सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ ।

आन्तरिक राजस्व कार्यालय प्रमुख कपिल सिलवालले पालिकाबाटै प्यान कार्ड जारी गर्ने व्यवस्था मिलाउन सुरु भएको, हाल गलकोट र  बेनी नगरपालिकाबाट सेवा सुरु भइसकेको बताए। हाल कर चुक्तालगायत विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराइँदै र अब प्यान कार्डसम्बन्धी सेवा पनि जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।  

स्थानीयस्तरबाटै कार्ड पाउन थालेपछि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । गलकोटबाटै उक्त कार्ड प्राप्त गरेकी ताराखोला गाउँपालिका-४ की माया घर्तीले यस सेवाले जिल्ला सदरमुकाम पुग्दा लाग्ने समय र खर्च दुवै बचत भएको बताइन् ।  

0 Comments