२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबियाचौरमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

अ+ अ-

म्याग्दी । म्याग्दी नदीको बाढी र कटान नियन्त्रणका लागि मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ । 

मंगला गाउँपालिकाले संघीय सरकारको विशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काशेबगर बस्ती संरक्षण योजना सञ्चालन गरेको हो । गत फागुन २६ गते रु. ४२ लाख ३६ हजार आठ सय ९९ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बाढी र कटान रोकथामका लागि नदी किनारमा पक्की संरचना बनाउने कार्यलाई तीव्रता दिएको छ । 

मंगला गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख रुचेन्द्र अधिकारीले आगामी असार १० गतेसम्म ठेक्काको म्याद रहेको योजनाको हालसम्म ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको जानकारी दिए ।  

बाबियाचौर बजारतर्फ म्याग्दी नदी किनारको ६८ मिटर दुरीमा ‘कम्पोजित’ प्रविधिको पर्खाल भइरहेको छ । नदीको सतह भन्दा भित्रबाट तीन मिटर अग्लो पक्की ढलान र त्यसमाथि थप तीन मिटर अग्लो ग्यावियन पर्खाल निर्माण हुनेछ । 

तीन सय छ घनमिटर पक्की र चार सय आठ घनमिटर ग्यावीयन पर्खाल निर्माण गर्न लागिएको हो । यसैगरी काशेबगर तर्फ छ सय १२ घनमिटर ‘बोल्डर’ (ठूला ढुंगा थुपार्ने) काम हुनेछ । दुई सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो । 

पछिल्लो समय बाबियाचौरमा बस्ती विस्तारले तीव्रता पाएको छ । उत्तरपुर्वबाट बगेर आउने म्याग्दी नदीको कटान र बाढीका कारण जोखिममा परेको बाबियाचौर लगायतका तटीय क्षेत्रका बस्ती संरक्षण योजनालाई निरन्तरता दिनका लागि संघीय सरकारसँग आगामी वर्षमा पनि योजना र बजेट माग गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

0 Comments