२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न बालबालिकालाई कपडा वितरण

अ+ अ-

ढोरपाटन (बागलुङ) । यहाँको निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँ बराबरको लत्ताकपडा वितरण गरेको हो ।

गाउँपालिकाभित्रका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई म्याट सेट, झुल, झोला, सिरक, ट्रयाकसुटलगायत सामग्री उपलब्ध गराएको रोटरी क्लब अफ हिमालयन ग्लोफोर्सका अध्यक्ष भाइराजा पाण्डेले जानकारी दिए । दूरदराजका बालबालिकाको पढाइलाई सहजता बनाउन कपडा वितरण गरिएको उनको भनाइ छ ।

पाण्डेले भने, “हामीले विकटमा रहेका विपन्न बालबालिकाका लागि विगतदेखि सहयोग गर्दै आएका छौँ, यसपटक निसीखोला गाउँपालिकाका बालबालिकालाई कपडालगायतका सामान वितरण गरेका हौँ, आगामी दिनमा पनि अरु क्षेत्रमा वितरण गर्ने हाम्रो योजना छ ।”

निसीखोला गाउँपालिका–५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज सापकोटाले सो संस्थाको यो सहयोगले यस क्षेत्रका बालबालिकालाई पढाइप्रति रुचि बढाउने बताए।

आर्थिक अभावमा निसीखोला क्षेत्रमा धेरै बालबालिकाले विद्यालय पोसाक किनेर लगाउन नसक्ने अवस्था रहेकाले संस्थाको सहयोगले ठूलो राहत मिलेको सापकोटाले बताए ।

0 Comments