२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा वेश नक्टाझिजमा कार्यरत अधिकारीले कमला-ढल्केवर-बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारीसाधन सञ्चालनमा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग रकम माग गरेका थिए।

सूचना तथा उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानका क्रममा सडक निर्माण कार्यमा प्रयोग भइरहेका सवारीसाधन रोक्ने, फिल्डमा माटो तथा ग्राभेल झार्न नदिने तथा विभिन्न बहाना बनाएर हैरानी दिने कार्यमार्फत उनले घुस मागेको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत ४० हजार रुपैयाँ बिगो कायम गर्दै सोही बराबर जरिवाना तथा कानुनअनुसार कैद सजायको मागसहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।

0 Comments