२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’

अ+ अ-

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीलाई २०८३ साल वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी पुरस्कृत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले संगठनात्मक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई व्यावसायिक ढङ्गले निर्वाह गरेको भन्दै जिसीलाई उक्त सम्मान प्रदान गरेको हो ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ पानडाँडाका ४४ वर्षीय पदमबहादुर केसीको गोली लागेर मृत्यु भएको घटनाको सफल अनुसन्धान तथा दोषीलाई कानुनी दायरामा ल्याउन जिसीले नेतृत्वदायी भूमिका निर्वाह गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

मकैबारी जोगाउन बाँदर लखेट्न जाँदा केसीमाथि गोली प्रहार भई मृत्यु भएको घटनाको अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले जिसीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जिसीलाई पुरस्कार प्रदान गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । 

0 Comments