२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्नेमा ऊर्जा मन्त्री श्रेष्ठको जोड

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । 

मन्त्री श्रेष्ठले आज राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अवलोकन गर्ने क्रममा प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

“प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ, सरकार तपाईँहरूको साथमा छ, परिणाममुखी भएर काम गर्नुहोस्”, मन्त्री श्रेष्ठले भने । उनले मुलुकको समग्र ऊर्जा विकासका लागि प्रसारण पूर्वाधार निर्माण नै सरकारको मुख्य प्राथमिकता रहेको बताए ।

मन्त्री श्रेष्ठले कम्पनीलाई स्पष्ट खाकासहित अगाडि बढ्न र निर्धारित लक्ष्य समयमै प्राप्त गर्न निर्देशन दिए। कम्पनीको कार्यसम्पादनमा आवश्यक पर्ने बजेट तथा दक्ष जनशक्तिको कुनै पनि कमी हुन नदिने उनले स्पष्ट पारे । उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए । 

सो अवसरमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले नेपालको जलविद्युत् क्षेत्रको विकास र ऊर्जा सुरक्षा सुनिश्चित गर्न प्रसारण ग्रिडले काम गरिरहेको बताए । अवलोकनमा मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौत, प्रशासन शाखा प्रमुख रुद्रसिंह तामाङलगायतको सहभागिता रहेको थियो । 

0 Comments