२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

अ+ अ-

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा रु. एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन गरेको छ ।

भन्सार विभागले यस अवधिमा कार्यालयलाई रु. दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गरिएको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व संकलन सन्तोषजनक रहेको बताए । उनका अनुसार राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन् ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु. दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने कार्यालयको अपेक्षा छ ।

कार्यालयले चालु आवको साउनमा रु. १८ अर्ब ४४ करोड, भदौमा रु. २० अर्ब ७३ करोड, असोजमा रु. १९ अर्ब नौ करोड, कात्तिकमा रु. १७ अर्ब ३३ करोड, मङ्सिरमा रु. २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो । यसैगरी, पुसमा रु. २० अर्ब २० करोड, माघमा रु. १८ अर्ब ९२ करोड, फागुनमा रु. १९ अर्ब ३४ करोड र चैतमा रु. २२ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । यस्तै, वैशाखमा रु. २१ अर्ब ७४ करोड राजस्व संकलन गरिएको सूचना अधिकारी विष्टले बताए । 

0 Comments