२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

अ+ अ-

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल नष्ट भएको हो ।

प्राप्त जानकारीअनुसार दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा गए राति करिब रु. चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यस्तै, ललितपुरको ललितपुर महानगपालिका–१४ ताल्चीखेलस्थित पाँचथर घर भएका ४१ वर्षीय सुजन सुहङले सञ्चालन गरेको न्यू खुकुरी रेष्टुरेन्टमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु चार लाख ५० हजार बराबरको धनमाल जलेको छ ।

यसैगरी कास्कीका पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एसएस सुज सेन्टरमा आगलागी भएको छ । सोही महानगरपालिका–३३ बागमारा बस्ने मुक्ति पनेरूले सञ्चालन गरेको उक्त पसलमा गए राति आगलागी हुँदा करिब रु. दुई लाख बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ । 

यस्तै, आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ महाकाली टोल बस्ने बन्दा रानाको घरमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । 

यसैगरी, सुनसरीको बर्जु गाउँपालिका–६ रामटोल बस्ने मन्जुदेवी रामको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा शुक्रबार करिब रु. दुई लाख  बराबर क्षति भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–१ बनकरूवा बस्ने कालीप्रसाद ठाकुरको किराना पसलमा विद्युत् चुहावट भई आगालागी हुँदा करिब रु तीन लाख बराबरको सामान जलेर नष्ट भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सोही उपमहानगरपालिका–२ बस्ने ४२ वर्षीय अबनिश सिंहले सञ्चालन गरेको जय श्री लटिनाथ ट्रेडर्समा गए राति विद्युत् चुहावट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

0 Comments