२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

अ+ अ-

बोइस । अमेरिकाको आइडाहो राज्यस्थित माउन्टेन होम वायुसेना केन्द्रमा आयोजित हवाई प्रदर्शनका क्रममा आइतबार दुई सैन्य विमान आपसमा ठोक्किएका छन् । दुर्घटनापछि विमानमा रहेका चारै चालकले प्यारासुटमार्फत सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी नौसेनाका अनुसार, वासिङ्टन राज्यको व्हिड्बी टापुस्थित इलेक्ट्रोनिक आक्रमण स्क्वाड्रनसँग सम्बन्धित दुईवटा युद्धक विमान हवाई प्रदर्शन गरिरहेका बेला आकासमै एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनापछि वायुसेना केन्द्रलाई तत्काल बन्द गरिएको थियो भने बाँकी हवाई प्रदर्शन कार्यक्रम रद्द गरिएको जनाइएको छ ।

प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोहरूमा विमानहरू आकासमा एकअर्कासँग ठोक्किएपछि चार वटा प्यारासुट खुलेको देखिन्छ । त्यसपछि दुवै विमान जमिनतर्फ खस्दै ठूलो आगोको गोलाजस्तो विस्फोट भएको थियो ।

अधिकारीहरूका अनुसार, चारै चालकको अवस्था स्थिर रहेको छ र अन्य कुनै मानवीय क्षति भएको छैन । घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । अमेरिकी नौसेनाले दुर्घटनाबारे विस्तृत छानबिन भइरहेको जनाएको छ ।

हवाई प्रदर्शन आयोजना गर्न सहयोग गरेको संस्था ‘सिल्भर विङ्स अफ आइडाहो’ की विपणन निर्देशक किम साइक्सले “सबैजना सुरक्षित हुनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो” भन्दै राहत व्यक्त गरेका छन् । 

एक प्रत्यक्षदर्शी शेन ओग्डेनले आफूले भिडियो खिचिरहेका बेला विमानहरू एकअर्काको अत्यन्त नजिक आएको र त्यसपछि ठोक्किएको बताएका छन् । उनका अनुसार, चालकहरू बाहिर निस्केपछि विमानहरू सँगै जमिनमा खसेर विस्फोट भएका थिए ।

दुर्घटनामा संलग्न युद्धक विमानहरू अत्याधुनिक इलेक्ट्रोनिक युद्ध प्रणालीयुक्त विशेष सैन्य विमान मानिन्छन् ।

0 Comments