काठमाडौँ । लोक सेवा आयोगले वरिष्ठ प्राविधिक अधिकृत र प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज एक सूचना जारी गरी नेपाल कृषि अनुसन्धान परिषद्को प्राविधिक सेवा/समूह, विभिन्न उपसमूह, टि-७ र टि-६ तहका वरिष्ठ प्राविधिक अधिकृत र प्राविधिक अधिकृत पदका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।







