काठमाडौँ । नेपाली सेनाले जटिल प्रसूति समस्यामा परेकी बाजुराकी एक महिलाको हवाई उद्धार गरेको जनाएको छ।
बाजुराको सर्केगाउँ–१ निवासी महिलालाई जटिल प्रसूति समस्या भएपछि थप उपचारको लागि सेनाको हवाईमार्फत कर्णाली प्रदेश अस्पताल ल्याइएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागी सञ्चालन गरेको हवाईमार्फत बिहिवार उद्धार गरिएको सेनाले जनाएको छ ।







