२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेज नियमनका लागि नयाँ नियमावली तयारी अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावली जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशीसँग सम्बन्धनमा सञ्चालन भइरहेका कलेजहरूबारे विभिन्न गुनासो बढ्दै गएको सन्दर्भमा स्पष्ट कानुनी व्यवस्था आवश्यक भएको उल्लेख गरे। उनका अनुसार हाल त्यस्ता शैक्षिक संस्थाको अनुगमन र व्यवस्थापनमा देखिएका कमजोरीलाई सम्बोधन गर्न नियमावली ल्याउन लागिएको हो।

मन्त्रालयले तयार पारेको नियमावलीको प्रारम्भिक मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकिएको उनले जानकारी दिए। ती मन्त्रालयबाट प्राप्त राय र सुझाव समेटिएपछि अन्तिम रूप दिँदै मन्त्रिपरिषद्‍मा पेस गर्ने तयारी रहेको बताइएको छ।

उनका अनुसार हालसम्म नेपाली विश्वविद्यालय तथा क्याम्पसहरू तुलनात्मक रूपमा नियमनमा रहे पनि विदेशी विश्वविद्यालयसँग सम्बन्धनमा सञ्चालन भएका कलेजहरूको निगरानी प्रभावकारी बन्न नसकेको निष्कर्ष मन्त्रालयले निकालेको छ। नयाँ नियमावलीमार्फत सम्बन्धन दिने आधार, अनुमति प्रक्रिया र नियमन संरचना स्पष्ट रूपमा निर्धारण गरिनेछ।

मन्त्रालयले एकैसाथ तीनवटा नियमावली अघि बढाएको पनि उनले जानकारी दिए। तीमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) नियमनसम्बन्धी नियमावली र विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेजहरूको नियमनसम्बन्धी नियमावली रहेका छन्।

शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा अघि बढाउन कठिन भएपछि नियमावलीमार्फत आवश्यक नीतिगत व्यवस्थालाई अगाडि बढाइएको मन्त्रालयको भनाइ छ।

साथै, विद्यालय तहमा शिक्षक दरबन्दी मिलानसम्बन्धी कार्य पनि अघि बढिसकेको मन्त्रालयले जनाएको छ।

0 Comments