२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई तिहाइ सरकार मात्रले राजनीतिक स्थिरता सुनिश्चित नहुने राष्ट्रिय सभा अध्यक्ष दाहालको धारणा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदमा स्पष्ट बहुमत वा दुई तिहाइ समर्थन भएको सरकार गठन हुनु मात्र राजनीतिक स्थायित्वको ग्यारेन्टी नहुने बताएका छन्।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटका क्रममा उनले विगतमा पनि दुई तिहाइ र स्पष्ट बहुमतसहित गठन भएका सरकारहरू पूर्ण कार्यकाल टिक्न नसकेको उदाहरण उल्लेख गर्दै राजनीतिक स्थायित्वका लागि फरक आधार आवश्यक पर्ने धारणा व्यक्त गरेका छन्।

अध्यक्ष दाहालका अनुसार सरकारको सफलता सिट संख्याभन्दा पनि दीर्घकालीन दृष्टिकोणसहितको योजना, नागरिकका आवश्यकताको पहिचान र तत्काल समाधान गर्न सकिने समस्या सम्बोधन क्षमतामा निर्भर गर्छ।

उनले दीर्घकालीन कार्ययोजना निर्माण र त्यसको कार्यान्वयनले मात्र स्थिरता र परिणाममुखी शासन प्रणाली निर्माण गर्न सक्ने बताए।

वर्तमान सरकारप्रति नागरिक अपेक्षा उच्च रहेको उल्लेख गर्दै उनले सुशासन प्रवर्द्धन, आर्थिक समृद्धि र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

सो अवसरमा उनले सञ्चार क्षेत्रप्रति सरकारको व्यवहारबारे पनि टिप्पणी गर्दै सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नपठाउने अभ्यास उचित नहुने धारणा राखे। सञ्चार क्षेत्रलाई सीमित गर्ने प्रयास लोकतान्त्रिक मूल्यसँग मेल नखाने उनको भनाइ थियो।

लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र पत्रकारिताको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमाथि नियन्त्रण वा संकुचन हुँदा लोकतान्त्रिक अभ्यास कमजोर हुने चेतावनी दिए।

उनले सञ्चारमाध्यमले सरकारका काम कारबाही सार्वजनिक गर्ने, कमजोरी औँल्याउने तथा सुझावमार्फत सुधारमा योगदान दिने दायित्व निर्वाह गर्नुपर्ने बताए। साथै सञ्चार क्षेत्रले कानुन, प्रक्रिया र संवैधानिक मर्यादाभित्र रहेर काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

राष्ट्रिय सभामा दर्ता हुने विधेयकहरू अघि बढाउनुअघि सरोकारवालासँग छलफल गर्ने अभ्यासलाई निरन्तरता दिइने उल्लेख गर्दै अध्यक्ष दाहालले सञ्चारसम्बन्धी विधेयक पनि सबै पक्षसँग परामर्शपछि मात्र अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

पत्रकार तथा सञ्चार माध्यमसँग सम्बन्धित समस्या समाधानका लागि आफूले आवश्यक पहल गर्ने पनि उनले बताएका छन्।

0 Comments