२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक-निजी सम्पत्तिको क्षति मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस

अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ गते भएका हिंसात्मक घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगका अनुसार भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीबाट मृत्यु भएका २१ जनामध्ये पहिचान भइसकेका ९ जनाका परिवारलाई अन्य आन्दोलनका मृतकसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ। बाँकी पहिचान हुन नसकेका १२ जनाको पहिचान प्रक्रिया अघि बढाई उनीहरूका हकवालालाई पनि समान प्रकारको राहत र क्षतिपूर्ति सुनिश्चित गर्न आयोगले जोड दिएको छ।

त्यस्तै, सोही दिन सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका १० जना कैदी बन्दी तथा बाल बन्दीका घटनाबारे पनि सूक्ष्म अनुसन्धान गर्न आयोगले सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ। घटनामा दोषी पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकका परिवारलाई अन्य पीडितसरह राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ।

आयोगले आन्दोलनका क्रममा सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा भएको क्षतिको वास्तविक मूल्यांकन गर्न पनि सरकारलाई सुझाव दिएको छ। प्रतिवेदनमा राज्यले नागरिकको पेशा, रोजगारी, व्यवसाय तथा सम्पत्तिसम्बन्धी हकको पर्याप्त संरक्षण गर्न नसकेको उल्लेख गरिएको छ।

त्यसैगरी, निजी क्षेत्रका प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिको तथ्यांक संकलन गरी यथोचित र मनासिब क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

0 Comments