२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने संकेत

अ+ अ-

काठमाडौँ । आगामी बिहीबार र शुक्रबार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने तराईका भूभागमा गर्मी बढ्ने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। 

यस्तै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षाको अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रसमेत यस मौसम प्रणालीबाट प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

शुक्रबार देशभर सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी र हिमाली स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।

महाशाखाले बिहीबार विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो महसुस हुने जनाएको छ। त्यस्तै शुक्रबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागसहित अन्य केही तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

0 Comments