११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमको फाइबर सेवा शुरु

अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।

सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ ।

हाल यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानमा पनि एफटिटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल उपत्यकाको कीर्तिपुर, सैंबु, गोँगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका बाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगञ्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजनाअनुरुप फाइबरबाट उच्च गतिको एफटिटीएच सेवा वितरण शुरु गरेको हो । कम्पनीले एफटिटीएच सेवा बृहत्रुपमा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पु¥याई आवाज, उच्च गतिको इन्टरनेट, दृश्य सेवा प्रदान गर्न सकिने भएकाले यसलाई प्रभावकारी मानिएको छ ।

ग्राहकमाझ सस्तो तथा सुलभ दरमा एफटिटीएच सेवा उपलब्ध गराउन हाल वर्षाद् योजना (मनसुन अफर) अन्तर्गत विभिन्न प्याकेजका रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरकफरक महसुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस