काठमाडौँ । ७ वर्षीया बालिका बलात्कार कसुरमा सिन्धुलीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का ५१ वर्षीय धनबहादुर बोगटी छन् । उनलाई बालिका बलात्कार कसुरमा रेड नोटिस जारी गरी सिन्धुलीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीविरुद्ध ६ पुस २०८२ मा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो । अहिले बोगटीविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।







