काठमाडौँ । सोमबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले विरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् ।







