२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट, मलेसियासँग समूह विजेताका लागि प्रतिस्पर्धा गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोली जापानमा आयोजना हुने एसियन गेम्सका लागि छनोट भएको छ।

एसियन गेम्स छनोटअन्तर्गत मंगलबार समूह ‘ए’ मा भएको खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल पनि प्रतियोगिताको मुख्य चरणका लागि स्थान सुरक्षित गर्न सफल भएको हो। उक्त समूहबाट मलेसियासँगै नेपाल पनि अगाडि बढेको हो।

छनोट प्रतियोगितामा सात टोली सहभागी रहेका थिए, जसलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने व्यवस्था रहेको र सेमिफाइनलमा पुग्ने चारै टोली एसियन गेम्सका लागि छनोट हुने प्रावधान रहेको छ।

नेपालको समूहमा मलेसिया र चीन मात्र रहेका थिए। कतारले नाम फिर्ता लिएपछि समूहमा सीमित प्रतिस्पर्धा भएको थियो, जसका कारण एक-एक जितपछि नै शीर्ष दुई टोलीको टुंगो लागेको हो।

नेपालले यसअघि आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसियाबीच समूह विजेता निर्धारण गर्ने खेल आगामी बिहीबार हुने तय भएको छ।

यसैबीच, नेपाली महिला क्रिकेट टोली भने चीनसँग पराजित हुँदै एसियन गेम्सका लागि छनोट हुन नसकेको जनाएको छ।

0 Comments