२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवल शमशेरलाई पार्टीमै रहन र महाधिवेशन प्रक्रियामा सहभागी हुन लिङ्देनको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका महामन्त्री धवल शमशेर राणालाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

राणाको नेतृत्वमा रहेका असन्तुष्ट नेताहरूको समूहले मलमासपछि नयाँ राजनीतिक दल घोषणा गर्ने निष्कर्ष निकालेको सार्वजनिक भएपछि अध्यक्ष लिङ्देनले औपचारिक रूपमा पार्टीभित्रै रहेर राजनीतिक प्रक्रिया अगाडि बढाउन आह्वान गरेका हुन् ।

सोमबार जारी विज्ञप्तिमार्फत लिङ्देनले पार्टीका पूर्वअध्यक्ष, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनालाई सम्मान गर्दै राणाले पार्टी छाड्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । उनले आगामी महाधिवेशनसँग सम्बन्धित प्रक्रियामा सहभागी भई संगठनभित्रैबाट आफ्ना धारणा र एजेन्डा अघि बढाउन आग्रह गरेका छन् ।

यसअघि राप्रपाका महामन्त्री राणाले जेठ १७ गतेदेखि आफू पार्टीबाट अलग भएको जानकारी दिँदै नयाँ राजनीतिक अभियान सुरु गरिएको बताएका थिए । त्यसयता उनी निकट नेताहरूबीच वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे छलफल चलिरहेको छ ।

0 Comments