२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इबोला जोखिमलाई लिएर नेपालमा उच्च सतर्कता, प्रवेश नाकामा कडाइ

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता अपनाएको जनाएको छ।

अफ्रिकी मुलुकहरूमा इबोला सङ्क्रमण देखिन थालेपछि त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने आकलनसहित मन्त्रालयले रोकथाम तथा नियन्त्रणका उपायहरू सक्रिय बनाएको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अन्तर्राष्ट्रिय यात्रा तथा आवागमनका कारण सम्भावित जोखिम रोक्न विशेष निगरानी प्रणाली लागू गरिएको छ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै प्रमुख सीमानाकामा स्वास्थ्य निगरानी थप कडा पारिएको छ। स्वास्थ्यकर्मी परिचालन गर्दै शंकास्पद लक्षण भएका यात्रुहरूको प्रारम्भिक परीक्षणसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

“नेपाल भौगोलिक रूपमा प्रत्यक्ष जोखिम क्षेत्रमा नरहे पनि सम्भावित संक्रमण प्रवेश रोक्न उच्च सतर्कता अपनाइएको छ,” सहप्रवक्ता अधिकारीले बताए। उनका अनुसार स्वास्थ्यकर्मीलाई आवश्यक अभिमुखीकरण दिइएको छ भने उपचार व्यवस्थापन र संक्रमण नियन्त्रणका तयारीसम्बन्धी छलफल पनि अघि बढाइएको छ।

मन्त्रालयले इबोला देखिएका क्षेत्रतर्फ यात्रा गर्न सक्ने नेपाली नागरिकका लागि आवश्यक मापदण्ड र व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस अवस्थालाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको सन्दर्भमा नेपालले पनि सतर्कता बढाएको हो।

हालसम्म नेपालमा इबोला भाइरस सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले स्पष्ट पारेको छ।

इबोलाका सामान्य लक्षणहरूमा अचानक उच्च ज्वरो, अत्यधिक कमजोरी, वान्ता, पखाला, पेट दुखाइ, टाउको तथा मांसपेशी र घाँटी दुख्ने, छालामा डाबर देखिने तथा गम्भीर अवस्थामा कलेजो र मिर्गौलामा असर पर्नुका साथै केही बिरामीमा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुन सक्ने चिकित्सकीय जानकारीमा उल्लेख छ।

0 Comments