काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हल्चोक परिसरभित्र रहेको सवारी शाखा (एमटी शाखा)मा आगलागी भएको छ।
बुधबार साँझ विद्युत सर्टका कारण आगलागी सुरु भएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी)विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।
उनका अनुसार घटनामा केही सवारीसाधनमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार केही गाडी जलेका भए पनि ठुलो स्तरको क्षति हुन नपाएको उनले बताए।
आगो समयमै नियन्त्रणमा लिइएको र स्थिति हाल सामान्य रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।







