काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ९४३ जना ऋणीको नामावली सार्वजनिक गरेको छ।
समितिले उपलब्ध ऋण अभिलेख तथा विवरणका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरिएको जनाएको छ। सार्वजनिक गरिएको सूचीमा नाम समावेश भए पनि यसअघि नै ऋण चुक्ता गरिसकेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।
त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र बक्यौता रकम चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको प्रक्रिया अनुरूप सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको वित्तीय दायित्व व्यवस्थापन, बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया सहजीकरण तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ।
समितिले सार्वजनिक गरेको ९४३ जना ऋणीको नामावली हेर्न इच्छुकले तलको लिंकमार्फत विवरण प्राप्त गर्न सक्नेछन्।
९४३ ऋणीको नामावली हेर्नुहोस् :







