२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘करका दर हेरफेरबारे छानबिन आवश्यक’ : पूर्वअर्थमन्त्री पुन

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको आवश्यकता पर्न सक्ने बताएका छन्।

संसद् भवन सिंहदरबार परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधेयक संसद्मा पेश भइसकेपछि त्यसमा गरिएको कर संरचनागत परिवर्तनलाई गम्भीर प्रकृतिको आर्थिक अनियमितता वा अपराधका रूपमा लिनुपर्ने धारणा राखे। उनका अनुसार यस्तो विषयमा विस्तृत छानबिन आवश्यक हुन सक्छ।

यसै क्रममा उनले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीबाट व्यक्त अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालय होइन, स्वयं प्रधानमन्त्री उपस्थित भएर स्पष्ट पार्नुपर्ने बताए।

पुनले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा आएको टिप्पणीलाई संवेदनशील र त्रुटिपूर्ण भएको उल्लेख गर्दै त्यसप्रति संसदमा विपक्षी दलले विरोध जनाउनु स्वाभाविक भएको बताए।

उनले आगामी संसदीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइने तथा आवश्यक आत्मसमीक्षा गरिने अपेक्षा पनि व्यक्त गरेका छन्।

0 Comments