२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर विमानस्थलका चार पसल तथा क्यान्टिनलाई तिराइयो १२ लाख जरिवाना

अ+ अ-

काठमाडौँ । विराटनगर विमानस्थलभित्र सञ्चालित पसलहरूले यात्रुसँग अंकित मूल्यभन्दा अत्यधिक बढी मूल्य असुल गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले १२ लाख रुपैयाँ जरिवाना गरेको छ ।

कार्यालय मोरङको नेतृत्वमा मंगलबार बेलुकी गरिएको आकस्मिक बजार अनुगमनका क्रममा ती व्यवसायहरूले उपभोक्ता ठगेको फेला परेपछि कारबाही गरिएको हो।

विमानस्थलभित्रका होटेल तथा क्याफेहरूले सामानमा तोकिएको मूल्यभन्दा दोब्बर–तेब्बर बढी लिने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटेलले १०० रुपैयाँ पर्ने डेरी मिल्क चकलेटलाई २०० रुपैयाँमा बिक्री गरेको पाइएको हो।

त्यसैगरी, क्यान्टिन कक्षमा सञ्चालित ग्यालेक्सी क्याफे एन्ड होटेल प्रालिले ५० रुपैयाँ पर्ने कोककोलालाई १६० रुपैयाँमा बिल काटेर बेचेको भेटिएको छ ।

विमानस्थल परिसरकै गरिमा क्याफेले ५० रुपैयाँको कोककोलालाई ८० रुपैयाँ र अनुकूल होटेल एण्ड भान्छा घरले ८ रुपैयाँ पर्ने चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको पाइएको छ ।

अंकित मूल्यभन्दा अत्यधिक बढी मूल्यमा सामग्री बिक्री गर्ने चारवटै पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) को कसुरमा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम जनही ३ लाखका दरले जरिवाना गरिएको हो । कारबाही स्वरूप चार पसलबाट कूल १२ लाख रुपैयाँ जरिवाना संकलन गरिएको प्रहरीले जनाएको छ ।

0 Comments