२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्छौँ’-परराष्ट्र मन्त्री खनाल

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्ने बताएका छन्।

बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूलाई विकास यात्राका साझेदार बन्न आग्रह गरेका हुन् ।

उनले नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै ठूलो जनमतका साथ रास्वपा नेतृत्वको सरकार गठन भएको बताए। विदेशमा रहेका नेपालीहरूले निर्वाचनका क्रममा रास्वपालाई गरेको समर्थनप्रति आभार व्यक्त गर्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको दाबी गरे।

मन्त्री खनालले नेपालमा सुशासनको अभाव रहेकाले आफ्नो दलले सुरुदेखि नै सुशासनलाई प्रमुख एजेन्डा बनाएको बताए। भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धि र विकासलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

भ्रष्टाचारसँग सम्बन्धित विभिन्न काण्डका फाइल खुल्ने विषयमा सार्वजनिक बहस भइरहेका बेला सरकारले त्यसतर्फ पनि काम अघि बढाइरहेको उनको भनाइ थियो। तत्काल सबै परिणाम देखिन नसके पनि निश्चित समयपछि सरकारले गरेका कामको सकारात्मक नतिजा देख्न सकिने विश्वास उनले व्यक्त गरे।

नेपालका युवायुवती बाध्य भएर रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले आफूले कल्पना नै नगरेका देशहरूमा समेत नेपालीहरू पुगेको सुन्दा अचम्म लागेको बताए। प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशको विकासमा उपयोग गर्न सके छोटो समयमै उल्लेखनीय परिवर्तन सम्भव हुने उनको भनाइ थियो।

0 Comments