२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अव्यवस्थित सडक पेटी र सार्वजनिक संरचनाबाट क्षति भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले अव्यवस्थित सडक पेटी, खुला ढल तथा अन्य सार्वजनिक संरचनाका कारण नागरिकले ज्यान वा धनको क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायलाई आदेश दिएको छ ।

न्यायाधीशहरू हरिप्रसाद फुयाँल र नृप ध्वज निरौला को संयुक्त इजलासले २०८१ मङ्सिर १७ गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । पूर्ण पाठमा सार्वजनिक संरचनाको व्यवस्थापनमा हुने लापरबाहीका कारण नागरिकले नोक्सानी बेहोर्नुपरेमा दुष्कृतिसम्बन्धी कानुनअनुसार क्षतिपूर्तिको व्यवस्था कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।

अधिवक्ता सुधिज्ञ पन्तले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिका लाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा सार्वजनिक संरचना र त्यसको व्यवस्थापनमा हुने लापरबाहीबाट नागरिकले क्षति बेहोरिरहेको भन्दै क्षतिपूर्तिको व्यवस्था लागू गर्न माग गरिएको थियो ।

अदालतले सडक पेटीमा प्रहरी पोस्ट स्थापना गरिएको भए गृह मन्त्रालयले तथा अन्य सरकारी निकायबाट सडक पेटी अतिक्रमण भएको अवस्थामा सम्बन्धित मन्त्रालय र निकायहरूले आवश्यक निर्देशन जारी गरी त्यस्ता अतिक्रमण हटाउन आदेश दिएको छ ।

त्यसैगरी, निजी व्यक्ति, कम्पनी वा गैरसरकारी संस्थाले निर्माण सामग्री, प्लेटफर्म, भर्‍याङ वा अन्य संरचना राखेर सडक पेटी अतिक्रमण गरेको पाइएमा उक्त अतिक्रमण हटाउन काठमाडौं महानगरपालिकालाई निर्देशन दिइएको छ ।

फैसलामा मन्त्रालयहरूबीच समन्वय गरी सडक पेटी अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गर्न, उपयुक्त समयसीमा तोक्न तथा तोकिएको अवधिभित्र अतिक्रमण नहटाइए आवश्यक कारबाही गरी अतिक्रमण हटाउन पनि भनिएको छ ।

सर्वोच्च अदालतले सडकका बिग्रिएका सडक पेटी तथा खुला ढलको नियमित मर्मत, सम्भार र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै यस्ता संरचनाका कारण भविष्यमा कसैले ज्यान गुमाउने वा ज्यान–धनको क्षति बेहोर्नुपर्ने अवस्था न्यूनीकरण तथा निवारण गर्न आवश्यक कदम चाल्न आदेश दिएको छ ।

साथै, सडक पेटी व्यवस्थापन र अतिक्रमण हटाउने विषयमा विभिन्न निकायबीच कार्यक्षेत्रको दुबिधा उत्पन्न भए सहकारिता, सहअस्तित्व र पारस्परिक सहयोगका आधारमा समन्वय गरी काम गर्न अदालतले निर्देशन दिएको छ ।

0 Comments