२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति

अ+ अ-

सङ्खुवासभा । यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ ।

अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

बाढीले निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सचर, कङ्क्रिट पम्प मेसिन, ६० टन रड ५०० बोरा सिमेन्ट बाढीले बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताए । 

त्यस्तै इसुवा हाइड्रोपावरलाई पनि बाढीले क्षति पुर्‍याएको छ । सताङदेखि ड्याम साइट जाने मोटर बाटोको करिब दुई किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएको छ । 

आयोजनाका १०० मिलिमिटर व्यासका दुई वटा पाइप पहिरोले बगाएको छ भने बिछ्याइएका करिब २०० मिटर पाइपमा क्षति पुगेको छ ।

पहिरोले दुई घर र एक विद्यालय जोखिममा 
पहिरोले मकालु गाउँपालिका–१ मा दुई घर जोखिममा परेका छन् । पहिरोले मकालु–१ मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पा घर जोखिममा परेको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । पहिरोले सिंहेश्वरी आधारभूत विद्यालय पनि जोखिममा परेको छ ।

बाढीले नुर्वुचौर र नुर्वु गाउँ जोड्ने इसुवाखोलाको झोलुङ्गे पुल बगाएको छ भने नुर्वु खोल्सीमा रहेको सार्वजनिक पानीघट्टा तथा चार वटा काठे पुल बगाएको छ । 

पुल बगाएपछि स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । पहिरोका कारण सयौँ रोपनी  अलैँचीबारी र खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ । 

0 Comments