२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरालाई चितवनले दियो १५२ रनको लक्ष्य

अ अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन जोडे ।

पोखरा विरुद्ध ओपनिङ गरेका अर्जुन साउदले डाविड मालिनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर दुवै ब्याटर लगातार आउट भए ।

विकेटकिपर अर्जुनले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा ३१ रन बनाए । मालानले २८ बल खेल्दै ३ चौका मदतमा २८ रन बनाए ।

त्यसपछि रवि बोपाराले एक छेउ सम्हालेपनि डान मोस्ले २ र यस सिजन पहिलो खेल खेलिरहेका मार्की कुशल मल्ल ११ रनमा आउट भए ।

८६–४ को अवस्थामा बोपाराले कप्तान सिकन्दर राजासँग पाँचौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले दुवै खेलाडीलाई आउट गरे । अन्तिम ओभरमा आउट हुनुअघि बोपाराले २८ बल खेल्दै ३ चौका र १ छक्का मदतमा ३५ रन बनाए ।

यस्तै आक्रमक ब्याटिङ गरेका कप्तान राजाले १६ बल खेल्दै २ चौका र ४ छक्का मदतमा सर्वाधिक ३७ रन बनाए । कमल सिंह ऐरी २ रनमा अविजित रहे ।

यस खेलमा पोखराको कप्तानी गरेका श्रीलंकन बलर चमिका करुणारत्ने, बिपिन खत्री र कुशल भुर्तेलले २-२ विकेट लिए ।

पोखराले लगातार तीन हारपछि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा करुणारत्नेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

0 Comments