२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व संकलन

अ+ अ-

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु. दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवमा रु. दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक भएको दाबी गरे ।

‘‘कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा  नौ प्रतिशत बढी अर्थात् रु. १७ अर्ब ९७ करोड राजस्व संकलन भएको छ’’, उनले भने । कार्यालयले गत आवको ११ महिनामा भने रु. दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व संकलन गरेको थियो ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रू. दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले चालु आवको साउनमा रु. १८ अर्ब ४४ करोड, भदौमा रु. २० अर्ब ७४ करोड, असोजमा रु. १९ अर्ब नौ करोड, कात्तिकमा रु. १७ अर्ब ३३ करोड, मङ्सिरमा रु. २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो ।

पुसमा रु. २० अर्ब २० करोड, माघमा रु. १८ अर्ब ९२ करोड, फागुनमा रू. १९ अर्ब ३४ करोड र चैतमा रु. २२ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । कार्यालयले वैशाखमा रु. २१ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ । जेठ महिनामा रु. २२ अर्ब ३२ करोड राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ ।

गत आवको ११ महिनाको अवधिमा भने सात खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै रु. ९९ अर्ब ६६ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।  गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।

0 Comments