६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ४७ लाख ९२ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)सुस्ता गाउँपालिका–१ निवासी २३ वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका–५ निवासी ५३ वर्षीय भगवतप्रसाद थारू, चितवन भरतपुर महानगरपालिका–४ निवासी ४० वर्षीया सरस्वती बारघरे तथा काठमाडौँ महानगरपालिका–२९ निवासी ३७ वर्षीय विकास दाहाल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार चौधरीले पोल्यान्ड पठाउने भन्दै रु २३ लाख, थारूले मकाउ पठाउने भन्दै रु पाँच लाख, बारघरेले क्यानडा पठाउने भन्दै रु तीन लाख ९२ हजार तथा दाहालले क्यानडा पठाउने भन्दै रु १६ लाख रकम असुलेका थिए ।

उनका अनुसार रकम लिएपछि उनीहरूले वैदेशिक रोजगारीका लागि विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका र सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा चारै जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

0 Comments