२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ लाख बढीको अवैध लाइटरको खोका बरामद, दुई जना पक्राउ परी धरौटीमा छुटे

अ+ अ-

काठमाडौँ । कपिलवस्तुको कृष्ण नगरमा प्रहरीले अवैध रूपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिमाणमा ग्यास नभएको खाली लाइटरको खोका बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अन्दाजी ७ लाख २० हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय कृष्ण नगरको संयुक्त टोलीले सोमवार बिहान कृष्ण नगर नगरपालिका–२ ट्रान्समिटर टोलस्थित दुई वटा घरमा खानतलासी गर्दा उक्त अवैध सामान फेला पारेको थियो।

नजिमुन निशाको घरबाट–६ कार्टुन (प्रति कार्टुन ८० पोका र प्रति पोका ५० पिस गरी जम्मा २४,००० पिस) खाली लाइटरको खोका बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीमा अनुसार यसको अनुमानित बजार मूल्य ३ लाख ६० हजार रुपैयाँ रहेको छ। यसैगरी, मोहम्मद साजिदको बन्द रहेको घरबाट ६ कार्टुन (जम्मा २४,००० पिस)खाली लाइटरको खोका पनि बरामद गरिएको छ ।

उक्त अवैध कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले नजिमुन निशाकी २८ वर्षीया छोरी रेश्मा खातुन र मोहम्मद साजिदका २२ वर्षीय छोरा मोमताज अलि (मुमताज अलि) लाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका दुवै जना र बरामद गरिएका सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि कृष्ण नगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको थियो। भन्सार कार्यालयमा आवश्यक अनुसन्धान पश्चात् दुवै जना प्रतिव्यक्ति २४,००० रुपैयाँ (चौबिस हजार रुपैयाँ) धरौटी बुझाई छुटेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

0 Comments