काठमाडौँ । सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ५.२३ अंकले बढेर २६५८.६३ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ४८ वटा स्क्रिप्सको १७ हजार ६० कित्ता सेयर ८९ लाख ४ हजार १५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ भने बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







