काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेतृत्व तहमा गम्भीर र इमान्दार संवादको आवश्यकता औँल्याएका छन् ।
सोमवार संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग आफ्ना धारणा राख्दै नेता महतले बाहिर चर्चाका लागि मात्र नभई वास्तविक निष्कर्ष निकाल्ने उद्देश्यले वार्तामा बस्नुपर्नेमा जोड दिए ।
महतले अहिलेसम्मका वार्ता र छलफलहरू ठोस निष्कर्षमा पुग्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनकाअनुसार बैठकमा सहमति खोज्ने तर बाहिर निस्किएपछि फरक ढंगले प्रस्तुत हुने प्रवृत्तिले एकता प्रक्रियामा अवरोध सिर्जना गरेको छ ।







