१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

अ+ अ-

इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ ।

भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बिति सक्दा पनि पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीले जानकारी दिएका छन् ।

इन्डोनेसियामा यसै क्षेत्रमा ६।४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको एक हप्तापछि नै ६।९ म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको हो ।

उद्धारकर्ता भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर ३८७ पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ ।

साथै यस भूकम्पमा परी करिब १३ हजार व्यक्ति घाइते भएका र दुई लाख विस्थापित भएका राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिएका छन् ।

सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस