२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि ५० करोड बजेट, अघि बढ्यो ठेक्का प्रक्रिया

अ+ अ-

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिका-१०, विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यले गति लिने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रतिष्ठानका लागि ५० करोड रुपैयाँ विनियोजन भएपछि ठेक्का प्रक्रिया अगाडि बढाइएको हो।

प्रतिष्ठानको पूर्वाधार विकासका लागि विनियोजित बजेटपछि निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरिएको जनाइएको छ। यसअघि आवश्यक वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत नहुँदा निर्माण कार्य अघि बढ्न सकेको थिएन। प्रतिवेदन स्वीकृत भएपछि बजेट सुनिश्चित गर्दै ठेक्का प्रक्रिया सुरु गरिएको हो।

प्रतिष्ठानको पूर्वाधार निर्माणको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते भर्चुअल माध्यमबाट गरेका थिए। त्यसपछि वातावरणीय प्रक्रिया पूरा नभएका कारण आयोजना कार्यान्वयन रोकिएको थियो।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रतिष्ठानका लागि रकम व्यवस्थापन गरेको छ। यसका लागि स्थानीय क्षेत्रका प्रतिनिधि तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र प्रधानमन्त्री वालेन्द्र शाहको पहल तथा चासो रहेको उल्लेख गरिएको छ।

पूर्वाधार निर्माण सम्पन्न भएपछि राजविराजमा स्वास्थ्य शिक्षा तथा विशेषज्ञ स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा प्रतिष्ठान सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यसबाट मधेश प्रदेशसहित आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पहुँच पाउने विश्वास व्यक्त गरिएको छ।

मन्त्रिपरिषद्ले २०७५ पुस १६ गते प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। प्रतिष्ठानका लागि राजविराज नगरपालिकाले ३० वर्षका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको छ।

Leave a Reply