३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक अदुवा खेतीले हटायो बाँदरको आतंक

अ+ अ-

पर्वत । पैयूँ गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।

अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारी डाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती गरेका हुन् ।

गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिए ।

गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ । यहाँका प्रत्येक कृषकले चारदेखि छ क्विन्टल अदुवा रोपेका छन् । गत वर्ष झण्डै ६० क्विन्टल अदुवा बिक्री गरेर रु छ लाख आम्दानी गरेका कृषकले यस वर्ष दश मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान छ ।

मकै र कोदो खेती गर्न छोडेपछि बाँदर हराउँदै गए । आम्दानी पनि दोब्बर भयो । स्थानीय ‘नशे’ जातको अदुवालगायतका कृषक उत्पादन राम्रो भएपछि अदुवा खेतीमा पल्किएका छन् ।

अदुवा खेतीको प्रवर्द्धन र कृषक प्रोत्साहनका लागि कृषि विकास कार्यालय पर्वतले बीउमा प्रतिकिलो रु एक सय र बजार मूल्यमा प्रतिकिलो रु ५० का दरले अनुदान उपलब्ध गराएको छ । यस वर्ष पालिकाले समूहलाई थप रु. तीन लाख अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो । उत्पादनको झन्डै ६० प्रतिशत अदुवा भारतलगायतका देशमा निर्यात हुन्छ । ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आयआर्जन बढाउन अदुवा बाली महत्त्वपूर्ण मानिन्छ ।

नेपालका ६९ जिल्लामा अदुवाको व्यावसायिक खेती हुन्छ । जसमध्ये इलाम, सल्यान,पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन् ।

0 Comments