३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् जोखिम न्यूनीकरण गरी जनताको जीउधनको रक्षा गर्न सांसदहरूको माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा भाग लिने सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गरेका छन् ।

सांसद करिश्मा कठरियाले डोटीको सायाल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको तथा उद्धार कार्य जारी रहे पनि प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गरिन्।

सांसद प्रेमबहादुर बयकले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अनुरोध गर्दै अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलालीलगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गरे।

सांसद ऐनबहादुर महरले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद् जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्य योजना प्रस्तुत गर्न माग गरे ।

सांसद प्रमीलाकुमारी गच्छदारले कीर्तिपुरको ‘होल्डिङ सेन्टर’मा बसेका सुकुम्वासीको व्यवस्थापन गर्न माग राखिन् । साथै, उनले प्रहरीद्वारा कुटपिट गरिएको माजिद अन्सारीको न्यायका लागि राज्यले जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राखे।

त्यस्तै, सांसद गंगादेवी श्रेष्ठले विद्युत् अवरोधबाट जनताले भोगेका समस्या उजागर गर्दै विद्युत् अभावबाट पीडित जनताका पक्षमा कार्यक्रम ल्याउन अनुरोध गरिन्।

सांसद शम्भुप्रसाद यादवले स्थानीय तहमा मापदण्डविपरीत खनेर अलपत्र छोडिएका सडकका खाल्डाखुल्डीले विपद् निम्त्याएको बताए । उनले सिराहामा तीन बालबालिका यस्तै सडकको खाल्डाखुल्डीमा भरिएको पानीमा डुबेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद श्रीराम न्यौपानेले देशको तीव्र विकासका लागि आगामी आर्थिक वर्षमा ३२० कार्य दिन र चौबिसै घण्टा बहु सिफ्टको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे ।

सांसद निनुकुमारी कर्णले मधेसी भएकै कारणले अभिनेत्री काजल कर्णमाथि विभेद भएको उल्लेख गर्दै त्यस घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिन् ।

0 Comments