काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय निर्धारण गरिएको छ ।
जिल्ला अदालत काठमाडौँले रायमाझीको हकमा कैदसँगै ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
नक्कली शरणार्थीसम्बन्धी मुद्दामा दोषी ठहर भएका प्रतिवादीहरूको हकमा अदालतले फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाउँदै सजाय निर्धारण गरेको हो ।







