काठमाडौँ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ गोर्सदीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मध्य बिन्दु नगरपालिका–८ भागरा घर भई गोर्सदीमा बस्दै आएका ४४ वर्षीय शेरबहादुर महतोको मृत्यु भएको हो । कपडा धुन भन्दै गए राति नौ बजे नहर गएका उनी पानीमा डुबेका थिए । उनको घटनास्थलमै मृत्यु भएको कावासोती प्रहरीले जनाएको छ ।







