काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ ।
अर्थ समितिको बिहान ८:३० बजे बस्नेछ । बैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची रहेको छ ।
आव २०८२/८३ मा नेपाल धितोपत्र बोर्डबाट गरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरूका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, बिहान ८ बजे बस्नेछ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका सम्बन्धमा छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ८:३० बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची







