३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज असार ३१ गते ९१ दिनको अवधिका लागि उक्त १ परिमाणको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो ।
यस बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आफ्नो आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने इच्छुक संस्थाहरूले बहु ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन् । यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २८ गते गरिनेछ ।

बोलकबोलमा सहभागी हुँदा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखिने सूचनामा उल्लेख छ । समान ब्याजदर प्रस्ताव गर्नेहरूको रकम कुल निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड हुनेछ ।

निक्षेप संकलन उपकरणमा लगानी गरेको रकमलाई सम्बन्धित बैंकले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्। तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सुविधा छ। तोकिएको भुक्तानी मिति अगावै यो निक्षेपको फिर्ता भुक्तानी वा प्रिम्याच्योर भुक्तानी नहुने समेत सूचनामा उल्लेख छ।

0 Comments