३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असार अन्त्यसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त

अ+ अ-

काठमाडौँ । चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार असारको अन्तिम सातासम्म कुल रोपाइँयोग्य क्षेत्रफलमध्ये ५४.५२ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ।

विभागको तथ्यांक अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान रहेकामा हालसम्म ७ लाख ४६ हजार ९ सय ६० दशमलव ६३ हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा ५९.२८ प्रतिशत रोपाइँ सम्पन्न भएकाले यस वर्षको प्रगति तुलनात्मक रूपमा केही कम रहेको देखिएको छ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम प्रगति मधेश प्रदेशमा देखिएको छ।

सुदूरपश्चिममा १ लाख ५४ हजार ९ सय ५० हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये १ लाख ३६ हजार ३२ हेक्टर अर्थात् ८७.८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। यद्यपि, गत वर्ष यही अवधिमा त्यहाँ ९३.१० प्रतिशत रोपाइँ भइसकेको थियो।

मधेश प्रदेशमा भने हालैको निरन्तर वर्षापछि रोपाइँले गति लिन थालेको विभागले जनाएको छ। कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये १ लाख २६ हजार ४ सय ३९ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन ३२.८ प्रतिशत हो। गत वर्ष यही अवधिमा मधेशमा ३३.७८ प्रतिशत रोपाइँ भएको थियो।

यस वर्ष प्रदेशगत रूपमा गत वर्षको तुलनामा सुधार देखिएको एक मात्र प्रदेश कोशी हो। कोशीमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये १ लाख ५१ हजार ६ सय १९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भई प्रगति ५४.९ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा त्यहाँ ४१.३२ प्रतिशत मात्र रोपाइँ भएको थियो।

गण्डकी प्रदेशमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ६१ हजार ७ सय २७ हेक्टर अर्थात् ६५.९ प्रतिशत क्षेत्रमा धान रोपिएको छ। गत वर्ष सोही अवधिमा यो दर ७१.०३ प्रतिशत थियो।

कर्णाली प्रदेशमा ४३ हजार २ सय ९० हेक्टरमध्ये २६ हजार ६७ हेक्टरमा रोपाइँ सम्पन्न भई प्रगति ६०.२ प्रतिशत पुगेको छ। गत वर्ष कर्णालीमा यही अवधिसम्म ८३.२३ प्रतिशत रोपाइँ भइसकेको थियो।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये १ लाख ७९ हजार ६ सय ३१ हेक्टर अर्थात् ५९.६ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। बागमती प्रदेशमा १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ६५ हजार ४ सय ४६ हेक्टरमा धान रोपिएको छ, जुन ५७.१ प्रतिशत हो।

गत वर्ष यही अवधिमा लुम्बिनीमा ७३.६८ प्रतिशत र बागमतीमा ७६.३१ प्रतिशत रोपाइँ सम्पन्न भएकाले यी दुवै प्रदेशमा पनि यस वर्ष रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको कृषि विभागको तथ्यांकले देखाएको छ।

0 Comments