३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप २०२८ का लागि नेपालले खेल्नेछ सिधै ग्लोबल छनोट

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ मा आयोजना हुने टी–२० विश्वकपको छनोट यात्राका लागि एसिया क्षेत्रीय छनोट नखेली सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको २०२८ को टी-२० विश्वकप छनोट संरचनाअनुसार सन् २०२६ को विश्वकपमा सहभागी भएका तर प्रतियोगितामार्फत स्वतः स्थान सुरक्षित गर्न नसकेका टोलीहरूलाई ग्लोबल छनोटमा प्रवेश दिने व्यवस्था गरिएको छ।

नेपालले २०२६ को टी-२० विश्वकपमा समूह चरणभन्दा अगाडि यात्रा अघि बढाउन नसके पनि यही व्यवस्थाका कारण उसले क्षेत्रीय छनोट चरण पार नगरी ग्लोबल छनोट खेल्ने अवसर पाएको हो।

आईसीसीको नयाँ प्रक्रियाअनुसार ग्लोबल छनोटमा विभिन्न क्षेत्रीय प्रतियोगिताबाट आठ टोली सहभागी हुनेछन्। जसमा अफ्रिका, एसिया र युरोप क्षेत्रबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट भएर आउनेछन्।

ग्लोबल छनोटबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये प्रत्येक क्षेत्रबाट एक-एक उत्कृष्ट टोली र थप तीन उत्कृष्ट टोली गरी कुल सात टोलीले सन् २०२८ को टी-२० विश्वकपमा स्थान बनाउनेछन्। आईसीसीले छनोट प्रक्रियामा टोलीको न्यूनतम प्रदर्शनसम्बन्धी मापदण्डसमेत लागू गर्ने जनाएको छ।

यसअघि टी-२० विश्वकप पुग्नका लागि एसि-पूर्वी एसिया प्रशान्त, युरोप, अमेरिका र अफ्रिका क्षेत्रीय छनोटमार्फत टोली चयन हुँदै आएका थिए। आईसीसीले आगामी संस्करणका लागि पुनः ग्लोबल छनोट प्रणालीलाई समावेश गरेको हो।

यसैबीच, आईसीसीले टी-२० विश्वकपको खेल ढाँचामा समेत परिवर्तन प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आईसीसीको सम्मेलनबाट पारित भइसकेको भए पनि अन्तिम निर्णय भने आगामी नोभेम्बरमा हुने छलफलपछि हुने जनाइएको छ।

0 Comments