काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका मझेरी पाटनबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजनलाई गए राति दस बजे पक्राउ गरेको हो ।
साजनको कोठाबाट एक नाल भरुवा बन्दुक र फलामको धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई वडा प्रहरी कार्यालय राम बजारमा राखिएको छ ।







