३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-अमेरिका व्यापार र लगानी सहकार्य विस्तारबारे उद्योग मन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूतबीच छलफल

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच द्विपक्षीय व्यापार, लगानी विस्तार तथा आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको छ।

मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटवार्ताका क्रममा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापारिक सहकार्य विस्तार गर्ने तथा लगानी प्रवर्द्धनका सम्भावनाबारे विचार आदानप्रदान भएको मन्त्री यादवको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मन्त्री यादवले नेपाल र अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्धले स्वास्थ्य, शिक्षा र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण सहकार्यको आधार तयार गरेको उल्लेख गर्दै ती क्षेत्रमा अमेरिकाले पुर्‍याएको योगदानको प्रशंसा गरिन्। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पनि दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेलेको उनको भनाइ थियो।

भेटका क्रममा मन्त्री यादवले सन् २०१५ देखि लागू भएको नेपाल ट्रेड प्रिफरेन्स कार्यक्रमको अवधि सन् २०२५ को डिसेम्बरमा समाप्त भएको स्मरण गराउँदै नेपाली उत्पादनलाई अमेरिकी बजारमा सहुलियतपूर्ण पहुँचको व्यवस्था पुनः सुनिश्चित गर्न अमेरिकी पक्षको सहयोग आवश्यक रहेको धारणा राखिन्।

उनले व्यापार तथा लगानी ढाँचा सम्झौताअन्तर्गत रहेको द्विपक्षीय संयन्त्रलाई नियमित संवादमार्फत प्रभावकारी रूपमा सञ्चालन गर्दै व्यापार र लगानी अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइन्।

नेपाल सरकारले पछिल्ला वर्षहरूमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा अमेरिकी लगानी आकर्षित गर्न सरकार इच्छुक रहेको जानकारी दिइन्।

सचिवालयका अनुसार मन्त्री यादवले संयुक्त राज्य अमेरिका नेपालको दोस्रो ठुलो निर्यात गन्तव्य रहेको उल्लेख गर्दै ऊनी गलैँचा, तयारी पोसाक, पश्मिनालगायत नेपाली वस्तु अमेरिकी बजारमा निर्यात हुँदै आएको जानकारी गराइन्। यद्यपि द्विपक्षीय व्यापारमा नेपालले व्यापार घाटा व्यहोर्दै आएको उल्लेख गर्दै प्रविधि हस्तान्तरण, निजी क्षेत्रबीच सहकार्य र लगानी विस्तारमार्फत त्यसलाई न्यूनीकरण गर्न सकिने धारणा पनि उनले व्यक्त गरिन्।

मन्त्रालयका अनुसार भेटका क्रममा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले नेपालले उठाएका व्यापार सहुलियतको निरन्तरता, लगानी विस्तार तथा द्विपक्षीय व्यापारिक संवादलाई थप सक्रिय बनाउने विषयमा सकारात्मक धारणा व्यक्त गरेका थिए। उनले व्यापार, लगानी र आर्थिक सहकार्यका क्षेत्रमा अमेरिकी सरकारको सहयोग तथा साझेदारी निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

0 Comments